एनआइसी एसीयाले कमायो करिब डेढ अर्ब रुपैयाँ, एक वर्षमा ३७ प्रतिशतले नाफा बढायो

  २०७४ साउन ५ गते ८:०५     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुँद नाफा गर्न सफल भएको छ ।

यो बैंकले गरको नाफा गत आर्थिक वर्षको तुलनामा ३७ दशमलव ७५ प्रतिशतले बढी हो । यो बैंकले गत वर्ष १ अर्ब ६ करोड रुपैयाँ मात्रै यस्तो नाफा गरेको थियो ।

गत वर्षको तुलनामा बैंकको नाफा ४० करोड रुपैयाँले बढी हो । बैंकले असार मसान्तसम्ममा संचित कोषमा ३ अर्ब ४९ करोड रुपैयाँ जम्मा गरेको छ ।

यो बैंकको असार मसान्तसम्मको सेयर पुँजी ६ अर्ब ६९ करोड रुपैयाँ छ ।

बैंकले असार मसान्तसम्ममा निक्षेप ८६ अर्ब ६९ करोड रुपैयाँ संकलन गरेको छ भने ७१ अर्ब ५८ करोड रुपैयाँ कर्जा सापटी दिएको छ ।

यसले करिब ११ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात शून्य दशमलव ३६ प्रतिशत रेको छ । बैकको प्रति सेयर आम्दानी २२ रुपैयाँ रहेको छ । यो बैंकको सीडी रेसियो ७६ दशमवल ३४ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.