२० जलविद्युत आयोजनाबाट साढे ५ करोड जरिवाना, कबोल अनुसारको काम नगर्दा हर्जाना

  २०७४ साउन ५ गते ६:५२     विकासन्युज

नेपाल विद्युत प्राधिकरणले २० जलविद्युत आयोजनालाई शर्तबमोजिम आफैंले कबोल गरेको बिजुली उत्पादन गर्न नसकेको भन्दै जरिवाना गरेको छ ।

हालसम्म निजी क्षेत्रबाट ४ सय ४१ मेगावाट बराबरका ६० जलविद्युत आयोजना निर्माण सम्पन्न भएकोमा यसरी एक तिहाई निजी जलविद्युत आयोजनाले जरिवाना तिर्नुपर्ने अवस्था आउनुलाई प्राधिकरणले गम्भीर रुपमा लिएको छ ।

कबोल गरेभन्दा ८० प्रतिशत कम उत्पादन गरेपछि सबै आयोजनालाई ५ करोड ५१ लाख ८२ हजार रुपैयाँ जरिवाना गरिएको प्राधिकरणले जनाएको छ । निजी क्षेत्र आफैंले कबोलेको विद्युत् उत्पादन गर्न नसकेकोले यस्तो जरीवाना तिर्नुपरेको हो ।

निजी प्रवद्र्धनकहरुले प्रक्षेपण गरेको ऊर्जा तालिकामा १० प्रतिशतसम्म घटाएर मासिक रुपमा कबोल र्न पाउने र त्यसको पनि ८० प्रतिशत भन्दा कम विद्युत् उत्पादन भएमा मात्र जरीवाना लगाउन सकिने व्यवस्था छ । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.