कामै नगरी करोडौं मुक्तानी, सडक निर्माणका ठेकेदारलाई मस्ति

  २०७४ साउन ५ गते ६:३८     विकासन्युज

काठमाडौं उपत्यका सडक विस्तार अयोजनाले ठेकेदार कम्पनीलाई कामै नगरी करोडौं रुपैयाँ भुक्तानी दिएको छ ।

मापदण्डविपरित बनेका संरचना नहट्दै आयोजनाले सडक विस्तार ठेक्का लगाएरु ठेकेदारलार्य करौडौं रकम भुक्तानी गरेको हो ।

आयोजनाले युनाईटेड बिल्डर्स, दिवा, शैलुङ जेभी, आशिष , सिएम जेभीलगातय ठेकेदार कम्पनीलाई सडकको कामै नगरी ११ करोड २४ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना विस्तारित सडक तथा पुलहरुको प्रगति विवरण शीर्षकको प्रतिवेदनमा उनीहरुले जिम्मापाएका सडकको अवस्थाको प्रगति शुन्य छ ।

सडकको अवस्था अझै असारे खेतजस्तो छ । कामै नगरीकन निर्माण कम्पनीलाई राज्यकोषको ढुकुटी रित्तो पार्न र खर्च भएको देखाउने करोडौ रकम भुत्तानी भएको उल्लेख छ ।

अधिकांश सडक ठेकेदार कम्पनीले भुत्तानी लिन्छन तर काम भने पन्छाइरहन्छन । यीनै ठेकेदारलाई कारवाही गर्न नसक्दा ठेक्का दिएको लामो समयसम्म पनि उपत्यका सडक सुधार र मर्मत हुन सकेकको छैन । नागरिक दैनिकबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.