चुडामणि शर्माको मुद्दा यथास्थितीमा राख्न सर्वाेच्च अदालतको आदेश

  २०७४ साउन ४ गते १८:१८     विकासन्युज

काठमाडौँ । सर्वाेच्च अदालतले कर फछ्र्याेट आयोगका सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्माको मुद्दा यथास्थितीमा राख्न आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायधिश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले शर्मा विरुद्ध परेको भ्रष्टाचारको मुद्धालाई यथास्थितीमा राख्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मा, लुम्बध्वज महत र उमेश ढकाल विरुद्ध करिब ११ अर्ब भ्रष्टाचार गरेको ठहरसहित बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । आयोगले शर्मालाई पक्राउ गरेर हिरासतमा राखेपछि शर्माकी पत्नि कल्पना उप्रेती शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.