बजारमा एक अर्ब १८ करोडको सेयर कारोबार, सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको

  २०७४ साउन ४ गते १५:२५     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा एक अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँ घटि हो । अघिल्लो दिन मंगलबार बजारमा एक अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार १५५ कम्पनीको १६ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको सेयर किनबेच भएका छन् । कम्पनीको ७ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार २७२ रुपैयाँ रहेको छ । त्यस्तै, नेको इन्स्योरेन्सको ७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १४७ रुपैयाँ रहेको छ ।

सो दिन अपी पावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यस दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९६ प्रतिशतले बढेर ६१८ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, बीमा र होटल समूहको परिसूचक हरिया भएका छन् भने बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । बीमा र होटल समूहको परिसूचक क्रमशः ५१ र १० अंकले बढेका छन् । अन्य बाँकी समूहको परिसूचक भने एकल(सामान्य) अंकले झरेका छन् ।

समग्रमा नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलब १४ अंकले ओरालो लागेर १६३७ दशमलब २७ अंकमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.