ज्योति विकास बैंकको थप दुई एटिएम सेवा सञ्चालनमा

  २०७४ साउन ४ गते १३:१२     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लि.ले आफ्ना दुई शाखाहरु जोरपाटी तथा भक्तपुरको च्याम्हासिंहबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाबाट बैंकका ग्राहक लगायत एससिटी सदस्य बैंकका एटिएम कार्डबाट नगद झिक्न सकिने छ । यी दुई एटिएम सहित बैंकले जम्मा १४ वटा एटिएमबाट देशका विभिन्न स्थानहरुमा सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले निकट भविष्यमा अन्तराष्ट्रिय कम्पनी भिसा (भिआईएसए) संग आवद्घ भई थप सेवा विस्तार गर्दैछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरका अनुसार बैंकले आगामी बर्ष पनि अन्य शाखाहरुमा एटिएम सेवा विस्तार गरी बैंकिङ्ग सेवालाई सहज र सरलिकृत गर्दै लाने योजना रहेको बताए ।

राष्ट्रिय स्तरको यस विकास बैंकले देशभर ३२ वटा शाखा संजाल र १ एक्स्टेन्सन काउण्टर मार्फत बैङ्किग सेवा प्रदान गरिरहेको छ र निकट भविष्यमा थप ९ शाखा विस्तार गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.