७० बर्षे उमेर हद हटाउनु पर्छः बामदेव गौतम

  २०७४ साउन ४ गते १०:०७     विकासन्युज

काठमाडौं, ४ साउन । नेकपा(एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी बिधानबाट ७० बर्षको उमेर हद हटाउने बताएका छन् । पार्टीको ९ औं महाधिवेशनबाट अघि सारिएको ७० बर्षे उमेर हदलाई हटाएर आफु पार्टी अध्यक्ष बन्ने बताएका हुन् ।

एमालेको ९ औं महाधिवेशनले ७० बर्ष उमेर पुगेकाहरुले सक्रिय राजनीतिक जिम्मेवारी त्याग्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।

उनले आफुलाई एमाले अध्यक्ष र प्रधानमन्त्री बन्नबाट रोक्ने षडयन्त्रसहित ७० बर्षे उमेर हदको प्रस्ताव अघि सारिएको आरोप पनि लगाएका छन् । नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा उनले १० औं महाधिवेशनले उमेर हद हटाउने र आफु अध्यक्ष बन्ने दावी पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.