रेलको डब्बा किन्न ३ अर्ब माग, दुई इन्जिन र १८ वटा डिम्बा खरिदको तयारी गर्दै रेल विभाग

  २०७४ साउन ४ गते ७:०५     विकासन्युज

काठमाडौं । सरकारले महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्म रेल्वे सेवा सञ्चालन गर्न ब्रोडगेज रेलको इन्जिन (लोकोम्याटिभ) र डब्बा खरिदको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ ।

यसका लागि रेलवे विभागले सरकारसँग तीन अर्ब रुपैयाँ माग गरेको छ ।

रेल्वे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकास उपाध्याका अनुसार पहिलो चरणमा यात्रुबाहक र मालबाहक रेलका दुईदुई इन्जिन र १८ वटा डिम्बा खरिद गर्न तीन अर्ब रुपैयाँ आवश्यक पर्ने छ ।

हामीले अनुमानित लागत तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष बजेट माग गरेका छौ, उनले भने ।

रेल खरिद गरेरसेवा सुरु गर्ने योजना विभागले सुरु गरेको छ । विभागले गरेको तयारी अनुसार सरकारी सहयोग भए नेपालमा रेल कुद्ने पनि उल्लेख छ । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.