सनराइज बैंकको १ करोड ५६ लाख कित्ता हकप्रद सेयर बाँडफाँड, पूँजी ७ अर्ब नाघ्यो

  २०७४ साउन ३ गते १८:०५     विकासन्युज

काठमाडौं । सनराइज बैंकले १ करोड ५६ लाख ४६ हजार २९४ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको छ । बैंकले असार १९ गते सम्म जारी गरेको हकप्रद सेयरमा आवेदन परेको सो मात्राको सेयर ७१,६१३ जना सेयरधनीहरुलाई बाँडफाँड गरेको हो ।

बैंकले सेयरधनीहरुका लागि दश शेयर बराबर तीन सेयर (१०: ३) को अनुपातमा प्रति सेयर मूल्य १०० रुपैयाँ अंकित दरको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद साधारण सेयर निष्काशन गरिएको थियो ।

हकप्रद सेयर बाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब २ करोड रुपैयाँ पुगेको छ । साथै गत आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस सेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी न्यूनतम ८ अर्ब पुर्याउने लक्ष लिईएकोमा सो बमोजिम चुक्ता पूँजी कायम रहने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.