राष्ट्रिय वाणिज्य बैंकद्धारा बागमती सफाइ मह-अभियानलाई सहयोग

  २०७४ साउन २ गते १८:४८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह अन्तर्गत स्वयंम्सेवा र वातावरण संरक्षणका लागि बागमती सफाइ महाअभियानको २१७ औं हप्ताको अवसरमा बागमती सफाइ अभियानलाई गमबुट, टोपी, बाक्लो पन्जा लगायतको सामग्री सहयोग उपलब्ध गराएको छ ।

राष्ट्रिय वाणिज्य बैंकका नायब महाप्रवन्धक सुशिल श्रेष्ठले सहरी विकास मन्त्री प्रभु साहलाई एक समारोहका बीच सो सामग्री हस्तान्तरण गरेका हुन्। बागमती सफाइ अभियानको तर्फबाट सामग्री ग्रहण गरेपछि मन्त्री साहले हरेक संस्थाहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरी समाज सेवाको लागि केही रकम खर्च गर्नुपर्ने बताए ।

बागमती सफाइ अभियानको तर्फबाट अभियन्ता टंक आचार्यले राष्ट्रिय वाणिज्य बैंकले बिगत देखिनै संस्थागत सामाजीक उत्तरदायित्व निर्वाह अन्तर्गत समाजमा विभिन्न सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए ।

सो कार्यक्रममा बैंकका तर्फबाट विभागीय प्रमुखहरु नरेश अर्याल, देवेश लोहनी, प्रवन्धक राजकुमार थापा, बागमती सफाइ अभियानका अभियन्ता किशोर सिंह शाही, किशोर थापा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.