मर्चेण्ट बैंकरको चुक्ता पुँजी तीन गुणा बढ्यो, कार्य क्षेत्रमा पनि व्यापक विस्तार

  २०७४ साउन २ गते १८:३३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकरहरुको चुक्ता पुँजी तीन गुणा भन्दा बढिले वृद्धि गरेको छ । बोर्डले मर्चेण्ट बैंकरहरुको चुक्ता पुँजी वृद्धि गर्नुका साथै कार्यक्षेत्र  व्यापक बढाईदिएको छ । अब निष्काशन तथा बिक्री प्रबन्धकको न्यूनतम चुुक्ता पूँजी ३ करोडबाट बढेर ५ करोड पुगेको छ । त्यस्तै, धितोपत्र प्रत्याभूति कर्ता(अण्डरराईटर) को पुँजी ४ करोडबाट ७ करोड पुगेको छ । त्यस्तै, शेयर रजिष्ट्रारको १ करोडबाट ३ करोड, लगानी व्यवस्थापकको १ करोड बढाएर ५ करोड र संस्थागत परामर्शदाताको चुक्ता पुँजी ३ करोड पुर्याएको छ ।

बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर)नियमावलीलाई संसोधन गरेर चुक्ता पुँजी बढाएको हो । संसोधन प्रस्तावलाई अर्थ मन्त्रालयले साउन १ गते स्विकृति दिर्एको थियो भने बोर्डले साउन ३ गतेबाट लागु गर्नेछ । नियमावलीमा मर्चेन्ट बैंकरको कार्य क्षेत्रमा संस्थागत परामर्शदाताको कार्य थप गरी कार्य क्षेत्र बढाउनुका साथै मर्चेन्ट बैंकरको हालको चुक्तापूँजी तीन गुणाभन्दा बढीले बृद्धि गरिएको छ ।

अब मर्चेण्ट बैंकरले सङ्गठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका बिषयमा परामर्श सेवाप्रदान गर्ने सम्बन्धी संस्थागत परामर्शदाताको रुपमा समेत काम गर्न सक्नेछन् ।

यस अघि मर्चेण्ट बैंकरले निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति(अण्डरराइटिङ्ग), शेयर रजिष्ट्रेशन र लगानी व्यवस्थापनको काम मात्रै गर्न पाउँथे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.