टिभिएसको नयाँ शोरुम भैरहवामा, बाईक तथा स्कुटरको खरिदमा १० हजार रूपैयाँ छुट

  २०७४ साउन २ गते १७:५०     विकासन्युज

काठमाडाैं । जगदम्बा मोटर्सले टिभिएसको नयाँ शोरुम भैरहवामा खोलेको छ । उक्त शोरुमको उद्घाटन सिदार्थ नगरपालिकाका हरि प्रसाद अधिकारिले गरेका हुन्  ।

शोरुम उद्घाटनकाे अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले देश भरि एकै छानामुनि थ्रि एस सेल्स सर्भिस र स्पेयर्स पार्ट्स अत्याधुनिक सुबिधा सम्पन्न शोरुम खोल्ने क्रममा  भैरहवामा ग्राहकलाई सेवा दिने हेतुले उपस्थित भएको जनाएका छन् । साथै, यस उपलक्ष्यमा साउन १ गते बाट ३ गते सम्म कुनै पनि बाईक तथा स्कुटरको खरिदमा नगद १० हजार रूपैयाँ छुट हुने  उपाध्यक्ष अग्रवालले बताए ।

त्यस्तै ग्राहकको सेवामा ५ बर्ष वारेन्टी उपलब्ध गराउने र फाइनान्सका साथै बाइकको एक्सचेन्जमा पनि  राम्रो भ्यालुएसन दिने कम्पनीले जनाएका छन् । साे अवसरमा २९ वटा बाइक र ७ वटा स्कुटर बिक्रि भएको जानकारी जगदम्बा अटो भैरहवा शोरुम प्रमुख अशोक गौतमले जानकारी दिए ।

शंकर ग्रुपले विशेषगरी सिमेन्ट, स्टील, प्लास्टिक, टेक्सटाईलस्, खाद्य पदार्थ, प्याकेजिङ्ग, इलेक्ट्रोनिक्स र अटोमोबाईलको उत्पादन तथा विक्रि गर्दै आएको छ ।

कम्पनीले सन् २०१५ मा जगदम्बा ब्राण्डलाई नयाँ उचाईमा पुर्याउने ‌‌उदेश्यले जगदम्बा मोटर्स मार्फत कार्य संचालन सुरु गरेको टि भि एस मोटर कम्पनी भारतको तेस्रो ठुलो दुई पाङग्रे बिक्रेता र विश्वकै उत्कृष्ट १० मा पर्न सफल कम्पनी हो । टि भि एस मोटर कम्पनीको बार्षिक उत्पादन क्षमता ३० लाख दुई पाङग्रे र १.२ लाख तीन पाङग्रेसवारीसाधन रहेको जानकारी दिइएको छ ।

टिभिएस सोरुममा नेपालमा विक्री थालनी गरिएको टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु, अपाचे १६० सि सि, अपाचे १८० , अपाचे २०० सिसि, फिनिक्स १२५ सि सि , स्ट्राइकर १२५ सि सि, र स्टारसिटी प्लस ११० सि सि, स्पोर्ट १०० सि सि, र स्कुटर सेग्मेंटमा ११० सी सीका जुपिटर, विगो, जेस्ट, उपलब्ध रहेको  छ ।

उक्त सोरुमले आफ्नो उत्कृष्ट सेवा र स्पेयर पार्टस मार्फत नेपाली मोटर बाइक पारखीहरुमा उत्साह थप्ने विश्वास लिएको छ । यस सोरुमको संचालन संगै टिभिएस मोटर कम्पनी नेपाल भरी आफ्नो अत्याधुनीक सुबिधा सम्पन्न शोरुम, सर्टिफाइड सर्भिस प्वाइन्ट सञ्जाल विस्तार गर्न यिनै सोरुमहरुबाट सेल्स, सर्भिस र स्पेयर्स प्रदान गर्ने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.