१२ अर्ब राजश्वलाई ७०० अर्ब पुर्याएको नदेख्नेले कर फछ्र्याेट आयोग मात्रै देखेः डा. रामशरण महत

२०७४ साउन २ गते १७:२९ विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले १२ अर्बको राजश्वलाई ७ सय अर्ब पुर्याएको नेदेखेर कर फछ्र्याेट आयोग गठन गरेको मात्रै देख्नु गलत भएको बताएका छन् । सोमबार रिपोर्टस क्लबमा पुगेर पुर्व मन्त्री डा. महतले भने–‘‘१२ अर्ब राजश्व उठ्ने मुलुकमा हामीले अर्थात म अर्थमन्त्री र कांग्रेसको सरकार हुँदा अहिले ७ सय अर्बको राजश्व उठेको छ, यो हामीले कडा कानून नल्याएको भए संभव हुन्थ्यो र ?’ महतले भने प्रतिप्रश्न गरे,‘त्यतिकै मिथ्या आरोप लगाएर हुन्छ ? मैले त डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु, अहिले कर फछ्र्याेट आयोग बनाएको मात्रै देख्ने ? ।’

 

उनले कर फछ्र्योट आयोगका पदाधिकारीहरुलाई आफूले लुकाएको भनेर आरोप लगाउनु नै हाँस्यस्पद र मिथ्या भएको टिप्पणी पनि गरे । महतले भने,‘मैले लुकाएँ भनेर बाहिर हल्ला चलाइएको छ, यो जत्तिको हाँस्यस्पद अरु के हुन्छ ? आफ्नो भाषाअनुसार अरुलाई जज गर्नु हुँदैन् ।’ उनले भने,‘मलाई लगाईएको आरोप गलत हो, आफू कालो हुनेले अरुलाई पनि कालो नै देख्छ, मलाई लगाईएको आरोपको म जहाँ सुकै गएर भएपनि फेस गर्न तयार छु ।’

कर फछ्र्याेटको विषय अदालतमा पुगिसकेकोले त्यसका बारेमा कुनै प्रतिक्रिया या टिप्प्णी नगर्ने पनि उनले बताए । यद्यपी उनले कर फर्छोट आयोग गठन, भ्याट कानून अन्र्तर्गत नयाँआधारमा ऐन, पुँजी लाभकर ऐन, उदार अर्थतन्त्र लगायतका महत्वपूर्ण कामहरु आफू अर्थमन्त्री हुँदा भएको जनाए ।

डा. महत नै सदस्य रहेको अर्थ समितिको बैठक चलिरहेका बेला उनी भने कर फछ्र्याेट आयोगको पक्षमा वकालत गर्न रिपोर्टस क्लब पुगेका थिए । डा. महत अर्थ मन्त्री हुँदा गठन भएको आयोगले नै अनधिकृत रुपमा २१ अर्ब राजश्व छुट दिएको हो ।