महानगरपलिकाले तोक्यो १५४ प्रकारको कर, नागरिकता सिफारिस शुल्क १० हजार रुपैयाँ

२०७४ साउन २ गते १६:४४ विकासन्युज

काठमाडौं । महानगरपालिका १५४ प्रकारको कर, दस्तुर, सेवा शुल्क तोकेको छ । महानगरपालिकाले अंकिकृत नागरिकताको सिफारिस गर्दा प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने भएको छ ।

त्यस्तै, नागरिकको आर्थिक अवस्था सिफारिस गर्दा ५००० शुल्क लिने भएको छ । घरका विद्युत जडानको सिफारिस गर्दा १ हजार देखि ५ हजार रुपैयाँ लिने भएको छ । धारा जडान गर्दा पनि १ हजारदेखि ५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ ।

जग्गा दर्ता सिफारिस गर्न प्रतिआना ५ हजार रुपैयाँ तिर्नुपर्नेछ । घरजग्गा नामसारी सिफारिस गर्दा १ हजार रुपैयाँ, घर कायम सिफारिस गर्दा १५०० रुपैयाँ लिने भएको छ ।

मान्छे जीवित रहेको सिफारिस गर्न ५०० रुपैयाँ तिर्नुपर्नेछ । व्यवसाय दर्ता प्रमाणित गर्न १५०० रुपैयाँ तिर्नु पर्नेछ भने बन्द गर्न सिफारिस माग्दा २००० तिर्नुपर्ने भएको छ । विद्यायल खोल्न तथा कक्षा वृद्धि गर्न सिफारिस लिँदा पनि २० हजार रुपैयाँ तिर्नुपर्नेछ ।

कुन शिर्षकमा कति कर  पूर्ण विवरणको लागि यहाँ क्लिक गर्नुहोस् ।