अग्नि ग्रुपको नयाँ क्षेत्रीय कार्यालय ईटहरीमा, शोरुम तथा सर्भिस सेन्टरको स्थापना

  २०७४ साउन २ गते १५:४९     विकासन्युज

काठमाडौं । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय विराटनगर लाइन, ईटहरीमा शुभारम्भ गरेको छ । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्र्याक्टरहरुका लागि पूर्वाञ्चलमा स्थापना गरिएको सो शाखाले आफ्ना डिलर एवम् ग्राहकहरुलाई नजिक ल्याई सरल एवं सहज सुविधा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जकाटु ह्वीलर सवारी, सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् । ईटहरी स्थित नयाँ शोरुम तथा सर्भिस सेन्टरले ईटहरी तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा दिने कम्पनीको प्रतिवद्धता रहेको छ ।

शाखाको शुभारम्भ अग्नि ग्रुपका अध्यक्ष अर्जुन शर्माले साउन २ गते गरेका छन् । अर्जुन शर्माले “कम्पनी केवल सवारी विक्रीगर्न तर्फमात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कुरा” उल्लेख गरेका छन् । चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयरपार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.