भारतिय चर्चित गायक कुमार सानुद्धारा चन्द्रागिरि केबल कारको भ्रमण

  २०७४ साउन २ गते १२:२२     विकासन्युज

काठमाडौं । भारतका चर्चित गायक कुमार सानुले आइतबार भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गरेकाछन् ।

कन्सर्टका लागि नेपाल आएका ५९ वर्षिय कुमार सानुलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराका थिए ।

सानुले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदै स्वच्छ वातावरण तथा हिमालको काखमा आउन पाउँदा धेरै खुशी भएको बताए । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्तव बोकेको चन्द्रागिरि डाँडामा सो कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको जानकारि दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.