शिखर इन्स्योरेन्सको प्रिमियम आम्दानी २ अर्ब ७७ करोड

  २०७४ साउन २ गते १०:५९     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.५ प्रतिशतले बढी हो । कम्पनीले आर्थिक वर्ष २०७३/७३ मा २ अर्ब प्रिमियम संकलन गरेको थियो ।

गत आर्थिक वर्षको नाफा भने केही दिनपछि एकिन हुने कम्पनी सचिव सुरज राजवहाकले बताए । ‘पुर्नबीमा र दावी भुक्तानीको हिसावपछि मात्र नाफा कति भयो भनेर भन्न सकिन्छ’ उनले भने । कम्पनीको चुक्ता पुँजी ८१ करोड ७६ लाख रुपैयाँ छ ।

१३ वर्षअघि स्थापना भएको शिखर इन्स्योरेन्स हाल बजारको लिडर कम्पनीको रुपमा स्थापित भएको छ । कम्पनीको चुक्ता पुँजी, नाफा, प्रिमियम, ग्राहक संख्या लगायत धेरै सूचकांङकमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.