इन्डोनेसियामा म्याक लुब्रिकेन्ट डिलर मिट कार्यक्रम सम्पन्न

  २०७४ साउन १ गते १८:३०     विकासन्युज

काठमाडौं । म्याक लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले म्याक लुब्रिकेन्ट डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । ‘हाइएर, फाष्टर, स्ट्रङ्गर र टुगेदर’ भन्ने मूल विषयमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रम यही जुलाई ६ मा रमायाना रिसोर्ट, बाली, इन्डोनेसियामा सम्पन्न भएको हो ।

आयोजकका अनुसार उक्त कार्यक्रममा नेपालका विभिन्न स्थानहरुबाट डिलरहरु, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का विशिष्ट पदाधिकारीहरु लगायत कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफ्नो मन्तव्यमा आउँला वर्षहरुमा कसरी दिगो भई अझै सफलताका उचाई एकसाथ अगाडी बढ्ने भन्ने विषयमा प्रस्ट पारेका थिए ।

यसैगरि कम्पनीका नायब महाप्रबन्धक रोशन कुमार श्रेष्ठले कम्पनीकोे पछिल्लो समयको गतिविधिहरुलाई प्रस्ट पारी कम्पनीको भावी योजना र तयारीहरुका बारेमा समेत जानकारी दिएका छन् । यसका साथै उनले नेपालमा लुब्रिकेन्ट विभाग र उद्योगसँग सम्बन्धित विभिन्न विषयहरुमा समेत आफ्ना विचारहरु व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.