माछापुच्छ्रे बैंकको विशेष साधारणसभा साउन २२ गते, के के छन् विशेष प्रस्ताव ?

  २०७४ साउन १ गते १६:४६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको विशेष साधारणसभा आगामी साउन २२ गते हुने भएको छ । सो प्रयोजनको लागि साउन ९ गते बैंकको बुक क्लोज हुने भएको छ ।

उक्त सभा सम्बन्धि निर्णय असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

आगामी २२ गते बस्न लागेको विशेष साधारणसभामा बैंकले विभिन्न विशेष प्रस्तावहरु लैजाँदै छ । बैंकले साभामा हाल पोखराको कास्कीमा रहेको बैंकको रजिष्टार्ड(केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटमा स्थानान्तरण गर्ने प्रस्ताव लैजाँदै छ ।

त्यस्तै, बैंकको उद्देश्य प्राप्त गर्न गरिने कामहरुमा आश्वा प्रणाली लगायतका प्रणालीहरु अपनाई सार्वजनिक रुपमा निष्काशन गरिने धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धि कार्य गर्ने व्यवस्था थप गर्ने बैंकले जनाएको छ ।

साथै, बैंकको सञ्चालक समितिको संरचानाममा परिवर्तन गरी संस्थापक समूहका शेयरधनीहरुबाट ४ जना, सर्वसाधारण समूहका शेयरधनीबाट २ जना र स्वतन्त्र (व्यवसायीक विशेषज्ञ) १ जना गरी कूल ७ जना सञ्चालक रहने गरी सञ्चालक समिति कायम गर्ने कम्पनीको प्रस्ताव रहेको छ । त्यस्तै, बैंकको स्वतन्त्र सञ्चालक एक कार्यकालका लागि मात्र नियुक्त हुन सक्ने व्यवस्था थप गर्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.