तीन दशकमा बाढी पहिरोले साढे ५३ खर्बको क्षति पुर्याउने

  २०७४ साउन १ गते १४:३६     विकासन्युज

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र जलवायु परिवर्तसम्बन्धी अनुसन्धान गर्दै आएको संस्था (पीआइके) ले संयुक्त रूपमा गरेको अध्ययनले यस्तो देखाएको हो । बाढी पहिरोले चर्को खाद्यान्न संकट पर्न सक्ने अनुमान गरेको छ । अध्ययनअनुसार चीनको ग्वाङजाओ, तियन्जिन, सेन्झेन, झान्जियाङ, सियामेन, भारतको मुम्बई, चेन्नाई, मद्रास, सुरत, कोलकाता, भियतनामको होचीः मिन्ह, इन्डोनेसियाको जाकार्ता, थाइल्यान्डको बैंकक र जापानको नागोयामा ठूलो क्षति पुग्ने अध्ययनले देखाएको हो ।

यो अवधिमा एसियाली देशमा मात्र ७० लाख बालबालिकामा कुपोषण हुनेछन् र पछिल्ला वर्षहरूमा १५ अर्ब अमेरिकी डलरबराबरको खाद्यान्न सहयोग जुटाउनु पर्नेछ । जलवायु परिवर्तनका कारण चीनको उत्तरी क्षेत्र, पाकिस्तान, अफगानिस्तान, ताजकिस्तानलगायत देशको तापक्रम भने अहिलेको भन्दा ८ डिग्री बढ्ने देखाएको छ । बढ्दो तापक्रमले निम्त्याउने बाढी पहिरोलगायत अन्य प्राकृतिक प्रकोपबाट एसियाली देशसहित विश्वमा ठूलो जनधनको क्षति हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.