रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्षमा राजाराम रेग्मी निविरोध निर्वाचित

  २०७४ साउन १ गते १२:१७     प्रनिश थापा

रत्ननगर  । रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा राजाराम रेग्मी निविरोध निर्वाचित भएका छन् । सुरुमा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएकोमा अन्तिम समयमा आएर अर्का उम्मेद्वार यदुनाथ भट्टले उम्मेद्वारी फिर्ता लिएपछि रेग्मीको प्यानल नै बिजयी भएका हुन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा अनिलकृष्ण श्रेष्ठ , उपाध्यक्षहरु वाणिज्यतर्फ विनोद पोखरेल,उद्योगतर्फको उपाध्यक्षमा रघुनाथ भट्ट, वस्तुगत तर्फ भीमनारायण श्रेष्ठ र एशोसियटतर्फ शंकर गिरी महासचिवमा निराजन खनाल र कोषाध्यक्षमा देवीप्रसाद डल्लाकोटी पनि सर्वसम्मत बिजयी भएका छन् ।

त्यस्तै , वाणिज्यतर्फको सदस्यमा उपेन्द्र शर्मा आचार्य, माधवप्रसाद पौडेल, सोहेन्द्र राज खरेल, कविन घिमिरे, सीताराम भट्टराई, रामशरण नेपाल, ईश्वरीप्रसाद अर्याल र सुन्दरमणि सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ भने, उद्योगतर्फ निरज श्रेष्ठ, पुरु खनाल, राममणि थपलिया, निरञ्जन थापा, हरिप्रसाद अधिकारी र शिवलाल श्रेष्ठ तथा महिला सदस्यमा मीना उप्रेती एशोसियट सदस्यमा लोजिककृष्ण सागर र दिनेश कट्टेल तथा वस्तुगत संगठनतर्फ जोगेन्द्र महतो सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक गोपीलाल देवकोटाले जानकारी दिए ।

अधिवेशनले २६ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । यसअघि वाणिज्य र उद्योगतर्फ मात्रै उपाध्यक्ष थिए । संशोधित विधानअनुसार आगामी अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछ भने एशोसिएट र वस्तुगत उपाध्यक्ष थप गरिएको छ भने,अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित अनिलकृष्ण श्रेष्ठ आगामी अधिवेशनबाट संघको अध्यक्ष बन्ने पक्का भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.