बैंक तथा वित्तिय संस्थालाई चुक्ता पुँजी पुर्याउने समय असोज मसान्तसम्म-चिन्तामणी शिवाकोटी

  २०७४ असार ३० गते १४:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले बैंक तथा वित्तिय संस्थाहरुलाई चुक्ता पुँजी पुर्याउने समय असोज मसान्तसम्म प्रदान गरिएको बताएका छन् । सिद्धार्थ डेभलपमेन्ट बैंक एक्वायर गरेपछि जनता बैंकको एकिकृत कारोबार सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कायम मुकायम गभर्नर शिवाकोटीले भने–‘हामीले तोकेको चुक्ता पुँजी पुर्याउन असोज मसान्तसम्मको समय दिने भएका छौं, यो भनेको समय थपिएको होइन, सहुलियत दिएका मात्रै हौं ।’

उनले आगामी साधारण सभाबाट पनि चुक्ता पुँजी पुर्याउन नसक्ने बैंक तथा वित्तिय संस्थाहरुलाई भने कारवाही गर्ने स्पष्ट पारे । ‘आगामी साधारण सभाबाट पनि तोकिएको चुक्ता पुँजी पुर्याउन नसक्नेहरुलाई कारवाही हुनबाट कसैले रोक्न सक्दैन’, शिवाकोटीले भने ।

उनले असोज मसान्तसम्ममा चुक्ता पुँजी पुर्याउन नसक्ने बैंक तथा वित्तिय सस्ंथाहरुलाई निक्षेप संकलन, कर्जा प्रवाह र शाखा विस्तारमा रोक लगाउने स्पष्ट पारे । उनले पुराना नोटहरुको कारोबार गर्ने बैंक् तथा वित्तिय संस्थाहरुलाई पनि कारवाही गर्ने बताए । बैंक तथा वित्तिय संस्थाहरुले पुराना नोटको साटेर जनतालाई नयाँ नोट दिन अटेरी गरेको पनि बताए ।

कायम मुकायम गभर्नर शिवाकोटीले हाल क, ख, ग र घ वर्गका बैंक तथा वित्तिय संस्थाहरुको शाखा सञ्जाल ४ हजार ८ सय ९४ वटा पुगेको बताए । बाणिज्य बैंकको शाखा सञ्जाल १ हजार २ सय ६२ वटा, विकास बैंकको ८०५ वटा, फाइनान्स कम्पनीको १४८ वटा र माइक्रोफाइनान्सको १ हजार ८ सय २५ वटा शाखा रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.