सुगर रोग पत्ता लगाउने ओटो मोबाईल फोन बजारमा, मूल्य ३४ सय ९६ रुपैयाँ मात्र

  २०७४ असार २८ गते १७:१३     विकासन्युज

काठमाडौं । जयमा इन्टरकन्टिनेन्टल प्रा.लि.ले सुगरको रोग पत्ता लगाउने डिजिटल इलेक्ट्रोनिक प्रविधिको ओटो मोबाइल फोन नेपाली बजारमा ल्याएको छ । बुधबार कम्पनीले राजधानीको होटल अन्नपुर्ण होटलमा पत्रकार सम्मेलन गरि उक्त फोन पहिलो पटक नेपाली बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार यो फोन दक्षिण एसिया कै सबै भन्दा पहिलो सुगर रोग पत्ता लगाउने फोन हो । उक्त फोनमा ल्यान्सिङ यन्त्र, ल्यान्सेट र स्ट्राइपको प्रयोग गरेर सुगर रोग पत्ता लगाउन सकिने जानकारी दिइएको छ ।

कार्यक्रममा कम्पनीका सेल्स म्यानेजर सचिन राजले यस फोन चलाउँदा साबुन पानीले हात धोएर मात्र चलाउन पर्ने बताएका छन् ।

जि.पि.आर.एस मात्र चल्ने यस फाेनकाे बजार मूल्य ३४ सय ९६ रुपैयाँ पर्ने कम्पनीले जनाएकाे छ ।

यस फोन उपभोक्ताको चाहाना र इच्छा अनुसार सिंगापुरमा डिजाइन भएर आएको हाे । साथै, यस फोन सुगर परिक्षणको लागी उपयुक्त भएको कुरा अमेरिकाले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.