भारतको चर्चित कफी ब्रान्ड क्याफे कफी डे नेपालमा

  २०७४ असार २७ गते १८:४४     विकासन्युज

काठमाडौं । कफीको पारखीहरुका लागि भारतको चर्चित ब्रान्ड क्याफे कफी डे ले नेपालमा आफ्नो पहिलो शाखा जावलाखेलमा सुरुवात गरेको छ । बिषेश कार्यक्रमका बीच मंगलबार भारतिय राजदुत मन्जित सिहं पुरीको प्रमुख आतिथ्यता तथा मिस नेपाल नितिका चन्डकले क्याफे कफी डेकोे नेपालको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै भारतिय राजदुत पुरीले भारतको चर्चित ब्रान्ड क्याफे कफी नेपालमा शाखा बिस्तार भएकोमा खुशी व्यक्त गरेका छन् । साथै, उनले कफीको पारखीहरुको रुचिमा उत्कृष्ट टेवा पुग्नेमा आफु विश्वस्त रहेको जानकारी गराएका छन् । क्याफे कफी डे लाई नेपालमा स्ताभ्य हस्पटालिटीले भित्र्याएको छ भने भबिष्यमा देशै भरि क्याफे कफी डे शाखाहरुको बिस्तार गर्ने योजना रहेको कम्पनीले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.