एक किमि सडक मर्मत गर्न सवा करोड, ५० किमि मर्मत गर्न ६५ करोडको ठेक्का

  २०७४ असार २७ गते ६:५२     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले भत्काएको सडक मर्मत गर्न प्रतिकिलोमिटर सवा करोड रुपैयाँ खर्च हुने भएको छ ।

आयोजना कार्यान्वयनका क्रममा चक्रपथभित्र पाईप विछ्याउन भत्काईएको मुल सडक मर्मतका लागि सडक विभागले प्रतिकिलोमिटर एक करो ३० लागख रुपैयाँ खर्च गरिहरको छ ।

सडक मत्काएर पाईप विछ्याएपछि सडक विभागले रिङरोडभित्रको ५० किमि सडक बनाउन ६५ करोड रुपैयाँ बराबरको ठेक्का लगाएको छ । सडक विभागले मेलम्ची सडकले भत्काएको ६७० किमी मध्ये मुल सडकको मात्रै मर्मत जिम्मा पाएको छ ।

बाँकी सडक मेलम्ची आफैंले मर्मत गरिरहेको छ । सडक विभागले पाएको यो जिम्मेवारीलाई पनि विभिन्न चारवटा खण्डमा विभाजन गरेर ठेक्का लगाएको उल्लेख छ । अन्नपूर्ण पोष्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.