विनियोजन विधेयक बहुमतले पारित

  २०७४ असार २६ गते १७:५४     विकासन्युज

काठमाडौं । व्यवस्थापिका-संसद्को सोमबारको दोस्रो बैठकले विनियोजन विधेयक, २०७४ पारित गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका उक्त विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो ।

त्यसैगरी, बैठकले आर्थिक विधेयक, २०७४ माथि विचार गरियोस् भनी प्रस्तुत प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्यो । साथै सभामुख ओनसरी घर्तीले उक्त विधेयकमा यही असार २९ गते दफाबार छलफल हुने घोषणा गरेकी छन् ।

बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०७४ लाई सर्वसम्मतिले स्वीकृत गर्यो । त्यसअघि सांसदहरु प्रेम सुवाल, अनुराधा थापा र डिल्लीप्रसाद काफ्लेले विभिन्न मन्त्रालयको विभिन्न शीर्षकको खर्च रकम घटाइयोस् भनी प्रस्तुत गरिएको प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार २८ गते बुधबार १३ः०० बजे बस्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.