काठमाडौंको हिलाम्मे सडकमा यसरी जोगाउन सकिन्छ कार

  २०७४ असार २६ गते ७:५९     विकासन्युज

काठमाडौं । मनसूनमा फोर-ह्विलर चलाउनु आफैंमा चुनौतीको विषय हो । काठमाडौंका अव्यवस्थित सडकमा पानी परेपछि हिलो जम्ने समस्याका कारण थुप्रै गाडीहरु बिग्रने खतरा हुन्छ । सड़कमा कुनैपनि समस्या आउन नदिन बर्षातमा कारको ध्यान राख्नु निकै आवश्यक हुन्छ।

मनसूनमा वाइपरको प्रयोग गर्नु अत्यन्त आवश्यक छ । बर्षातका दौरान ड्राइभ गर्नमा कुनै समस्या नहोस् भन्नका लागि कारको वाइपरपनि सही स्थितीमा राख्नु अत्यन्त जरुरी छ । समय-समयमा वाइपरलाई फेर्नुपर्छ ।

बर्षातमा अन्य मोटरसँग उचित दुरी कायम गर्नु आवश्यक छ । कुनैपनि गाड़ीमा अचानक ब्रेक लगाएमा दुर्घटना हुने सम्भावना हुन्छ। सकेसम्म कुनैपनि समयमा मोटरलाई अचानक ब्रेक नलगाउनु उचित हुन्छ। यसरी दुर्घटनाको सम्भावना कम हुन्छ।

अगाडी चलिरहेको गाडीभन्दा निश्चित दुरी बनाएर कार चलानउनु हुन्छ। अगाडी गाडीभन्दा बीचमा राख्नु पनि उचिले गाडी अगाडीको पत्थर आदीबाट बच्न सकिन्छ ।

सामान्यतया बर्षातपछि सड़कमा पानी जमीरहेको हुन्छ । शहर सानो होस् या ठुलो यो समस्या सबै ठाँउमा देख्न पाइन्छ । यदी पानी धेरैभरिएको जस्तो लाग्यो भने पानी ज्यादा भएमा कार राख्न हुँदैन। यसमा कारको जरुरी पार्ट्समा पानी पस्ने सम्भावना हुन्छ जसले समस्या निम्त्याउछ।

कारमा भ्याक्युम क्लीनर वा अर्को एउटा ड्रायर राख्नु जरुरी हुन्छ । जसले सीट र म्याटलाई ड्राइ राख्नु सकिन्छ । साथै कारमा परफ्यूम पनि राख्न उचित हुन्छ ।

 

बर्षातमा कारलाई सफा राख्नुपर्छ। रस्टिंग (खिया)बाट बच्नकालागि जरूरी उपाय अपनाउनुपर्छ। कारमा लागेको मड फ्ल्यापलाई पनि सफा गर्नुपर्छ। कारको अण्डर बडीमा एण्टी-रस्ट पेन्ट लगाउनु पर्छ । कारको भित्र फ्लोर म्याट र सीट कभरपनि सफा गरिरहनुपर्छ ।

कारको हेडलाइट, इन्डिकेटर, रिभर्स इन्डिकेटर र टेल ल्याम्पलाई चेक गरेरमात्र सड़कमा निकाल्नु ठिक हुन्छ।

टायरपछि ब्रेकको ख्याल राख्नुपर्छ । पानीले कारको ब्रेकलाई केही कमजोर बनाउछ । उच्च गतीदेखि सावधान रहनुहोस् र ब्रेक प्याडलाई आवश्यकता अनुसार बदल्नुपर्छ ।

( नवभारतटाइम्सको अनलाइन संस्करणबाट साभार गरिएको । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.