भिबोर सोसाइटीमा लुम्बिनी फाइनान्स गाभियो, लुम्बिनी विकास बैंकको नामबाट एकीकृत कारोबार शुरु

  २०७४ असार २५ गते १७:१३     विकासन्युज

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि.मा लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लि. गाभिएको छ । आइतबार उक्त फाइनान्स भिबोर सोसाइटी डेभलपमेन्टमा गाभिई लुम्बिनी विकास बैंक लि.को नामबाट एकिकृत कारोवार शुरु गरेको छ ।

दुई बैंक गाभिए पश्चात बनेको नयाँ विकास बैंकको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले आइतबार एक कार्यक्रम बीच गरेका हुन् । उक्त विकास बैंकको केन्द्रीय कार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान डिल्लीबजारमा रहेको छ ।

विकास बैंकको संचालक समिति हाल ६ सदस्यको रहेको छ भने समितिको अध्यक्षमा सुशिल राज पराजुली रहेका छन् । यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले सम्हालेका छन् ।

गाभिए पश्चात बनेको बैंकको चुक्ता पुँजी २ अर्ब ८८ लाख रुपैयाँ पुगेको छ । मर्ज सम्पन्न भएलगत्तै चुक्ता पूँजीको १० प्रतिशतका दरले हकप्रद शेयर जारी गरि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको चुक्ता पूँजी पुर्याइने छ । यसैगरी गाभिए पश्चात संस्थाको कुल निक्षेप १७ अर्ब, कर्जा १५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

साथै, बैंकको ४९ वटा शाखा संजाल तथा १२ वटा आफ्नै एटिएमबाट २१ जिल्लामा बैंकिङ्ग सेवा सुविधा उपलव्ध हुनेछ ।

दुवै संस्था एक आपसमा गाभिए पश्चात थप सवल एवँ सुदृढ संस्थाको रुपमा वित्तीय बजारमा आएको लुम्बिनी विकास बैंकले ग्राहकहरुको सुबिधाको लागि आफ्नो शाखा सन्जाल प्रयोग गरि थप सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न कटिवद्ध रहेको छ । देशभर छरिएर रहेको पूँजीलाई उत्पादनशिल क्षेत्रमा लगाई समग्र देशको आर्थिक प्रगतिको लागि योगदान पुर्याउदैं वित्तीय पहुँच नपुगेका ग्रामिण क्षेत्रमा थप शाखाहरु बिस्तार गर्ने नीति विकास बैंकको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.