इन्भर्टर टेक्नोलोजीमा आधारित एलजी इलेक्ट्रोनिक्सका सामान बजारमा, उर्जाको बचत, १० वर्षको वारेन्टी

  २०७४ असार २४ गते १०:४१     विकासन्युज

काठमाडौं । नेपालमा एलजी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले इन्भर्टर प्रविधिमा आधारित एलजीका उत्पादनहरु बजारमा ल्याएको छ । कम्पनीले इन्भटर टेक्नोलोजिमा आधारित रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसन, माईक्रोवेभ ओभन, भ्याकुम क्लिनरहरु नेपालको बजारमा भित्र्याएको हो ।
नयाँ प्रविधिमा आधारित यी विधुतीय उपकरणले उर्जा बचत गर्ने, ध्वनी कम आउने, भाईब्रेसन तथा कम्प्रेस कम हुने बताइएको छ । ‘नयाँ विधुतीय सामाग्रीको प्रयोगले तपाईको घरमा विजुलीको खपत कम हुन्छ । ध्वनी आउँदैन र घरमा शान्तिपूर्ण वातावरण बन्छ’ सीजी इलोक्ट्रोनिक्स तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने ।

नयाँ प्रविधिमा आधारित उत्पादनहरुको शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । सो कार्यक्रममा नयाँ प्रविधिबाट बनेका विधुतीय सामाग्रीले ७० प्रतिशतसम्म उर्जाको बचत गर्ने जानकारी दिइयो ।

चौधरीले उर्जा खपत कम गर्ने नयाँ प्रविधिका उत्पादनहरुलाई नेपाली उपभोक्तामाझ प्रतिस्पर्धी मूल्यमा ल्याइएकोले आम उपभोक्ताको आवश्यकता र मागलाई पूर्ति गर्ने बताए । एलजीले यस्ता उपकरणहरुमा १० वर्षको वारेन्टीसमेत दिएको पनि उनले बताए ।

एलजी सिंगापुरका बिक्री तथा बजारीकरण उपाध्यक्ष चोङ रोवल पार्कले नयाँ प्रविधि र राम्रो सेवाका कारण एलजीले आफ्नो प्रतिष्ठा बनाउन सकेको बताए । उनले दक्षिणपूर्वी मुलुकमध्ये नेपालमा सो प्रविधि भित्र्याउने पहिलो मुलुक बनेको जानकारी दिए ।

एलजीले पारिवारिक सन्दर्भमा इन्भर्टर प्रविधिका बारेमा धेरै ज्ञान दिलाउनु आवश्यक रहेको भन्दै यसबाट एलजीले आफ्नो व्यापार बढाउन खोजेको नभई प्रयोगकर्तालाई यस प्रविधिको फाइदाको बारेमा ज्ञान दिलाउन खोजेको दाबी गरेको छ । त्यसका लागि एलजीले खरिद गृह सञ्चालन, सडक कार्यक्रम, प्रदर्शनी, उर्जा संरक्षण अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.