विकास खर्च भएन, सरकारी ढुकुटीमै थन्कियो डेढ खर्ब

  २०७४ असार २४ गते ७:१२     विकासन्युज

काठमाडौं । लक्ष्यअनुसार सरकारी बजेट (विकास बजेट) खर्च हुन नसक्दा सरकारी ढुकुटीमा ठूलो पुँजी त्यसै थुप्रिएर बसेको छ ।

अनुत्पादक रुपमा सरकारी ढुकुटीमा यसरी बजेट थुप्रिँदा बैंकिङ क्षेत्रसँगै सबैखाले वित्तीय प्रणालीमा नकारात्मक प्रभाव परेको छ ।

पछिल्लो समयमा झन्डै डेढ खर्ब रकम सरकारी ढुकुटीमा छ । यति ठूलो रकम ढुकुटीमा थन्किएर बस्दा अर्थतन्त्रमा चौतर्फी नकारात्मक प्रभाव पारेको हो ।

अर्थ मन्त्रालयका अनुसार गत २३ वैशाखको तथ्यांकअनुसार १ खर्ब ३५ अर्ब ८४ करोड ९१ लाख रुपैयाँ सरकारी ढुकुटीमा छ ।

यो रकमको अधिकांश हिस्सा अहिले पनि त्यत्तिकै थन्किएर बसेको छ। राजधानी दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.