सरकारको नालायकीपना, भत्काएर आधुनिक बनाउनुपर्ने सिंहदरबारलाई प्लास्टिकले छोपियो

  २०७४ असार २४ गते ७:०८     विकासन्युज

काठमाडौं । भत्काएर नयाँ र आधुनिक बनाउनुपर्ने सिंहदरलाई प्लाष्टिकले छोपेर राखिएको छ ।

भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई बर्षाको पानीबाट बचाउन प्लास्टिकले ढाकिएको छ ।

प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको बताइएको छ ।

फलामको आड दिएपछि भवनलाई प्रबलीकरण गर्न भित्र जान सकिने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

२०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त सिंहदरबारलाई पुरै भत्काएर पुननिर्माण गर्ने कि प्रवलीकरण गर्ने भन्नेमा प्राधिकरण र सहरी विकास मन्त्रालयबीच लामो समय विवाद चलेको थियो । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.