सानिमा बैंकको नयाँ शाखा महाराजगंजमा

  २०७४ असार २३ गते १८:३४     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडले महाराजगंजमा आफ्नो ४६औँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका ब्राण्ड प्रवद्र्धक कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) द्धारा संयुक्त रुपमा भएको छ ।

उक्त उद्घाटन कार्यक्रममा सानिमा बैंकका संचालक डा. सुवर्णदास श्रेष्ठले समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताएका छन् । त्यसैगरी सोही बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा मह जोडीले महाराजगंजमा सानिमा बैंक संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरेका छन् ।

हाल बैंकले ४६ वटा शाखा तथा ५३ वटा ए.टि.एम. बाट सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.