मल्टिक्सको थ्री-इन-वन भेहिकल नेपाली बजारमा, मूल्य १२ लाख ५० हजार रुपैयाँ मात्र

  २०७४ असार २३ गते १६:५५     विकासन्युज

काठमाडौं । नेपालमा मल्टिक्स ब्राण्डका गाडिहरुको एक मात्र बिक्रेता बाबा समूह अन्तर्गतको बाबा अटोमाटा ट्रेडिङ प्रालिले मल्टिक्स ब्राण्डका गाडिहरु नेपालमा औपचारिक रुपमा बिक्री शुरु गरेको छ । यस गाडिको उत्पादक भारतको आइसर पोलारिस प्रालिका प्रमुख कार्यकारी अधिकृत पञ्कजदुवे र बाबा समूहका निर्देशक विशाल शाहले बिहीबार संयुक्त रुपमा यसको उद्घाटन गरेका हुन् ।

व्यक्तिगत देखि व्यवसायीक प्रयोजनका लागि निकै उपयोगी मल्टिक्समा रहेको इन्डेपेन्डेन्ट सस्पेन्सनले नेपालका तराईदेखि पहाडी जुनसुकै उबड खावड बाटोमा सजिलै गुड्न सक्ने क्षमता राख्ने कम्पनीले बताएको छ । १८ लाख किलोमिटरसम्म कच्ची सडकमा निरन्तर परिक्षणबाट यसको सुरक्षा र दिगोपना प्रमाणित गरिएको छ । गाडि पल्टि हाल्दा पनि यसको ट्यूबलर फ्रेम बडीका कारण ठूलो क्षति हुनबाट रोक्छ । फोर स्ट्रोक डाइरेक्ट इन्जेक्शनडिजल इन्जिन रहेको यो साधनले सजिलै २५ देखि ३० किलोमिटरको माइलेज दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १७२ एमएम तथा २२४ एमएमसम्मको हाइ ग्राउण्ड क्लियरेन्स रहेको मल्टिक्सको बढी अत्यधिक टिकाउ सामग्री फ्लेक्सि टपले बनेको छ ।

पाँच सिट क्षमताको मल्टिक्समा परिवारका सदस्यहरु आरामसँग बस्न र घुम्न सक्दछन् । साथै एक हजार ९१८ लिटरसम्म बोक्न सक्ने क्षमता भएकाले यो साधन व्यवसायिक यात्राको लागि समेत उत्तिकै उपयोगी छ । तुरुन्तै सिट फोल्ड गरेर सामानहरु राख्न पर्याप्त स्पेस निर्माण गर्न सकिने मल्टिक्स ब्राण्डका गाडिहरु व्यवसायमा संलग्न परिवारको आवश्यकता पूर्ति गर्ने उद्देश्यले नै सन् २०१२ मा निर्माण गरिएको हो ।

मल्टिक्सका दुई मोडल र विभिन्न चार रंगमा बजारमा उपलब्ध छन् । साथै, यसले तीन किलोवाटसम्म विद्युत उत्पादन गर्नसक्ने भएकाले यसलाई फ्यामिली, विजनेश र पावर जेनरेटर (थ्रीइनवान) भनिएको हो । यसको बिजुलीले घरलाई सजिलै उज्यालो बनाउन, सार्वजनिक कार्यक्रममा म्युजिक सिस्टम देखि कृषियन्त्रहरु सञ्चालन गर्ने आदि काममा वैकल्पिक उर्जाको स्रोतको रुपमा सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपाली बजारमा यस गाडीको मूल्य १२ लाख ५० हजार रुपैयाँ रहेको छ । साथै, कम मूल्यमा यसको मर्मत र स्पेयर पार्टसहरु खरिद गर्न सकिन्छ । नेपालमा यसको स्पेयर पार्टसहरु सजिलै उपलब्ध हुन्छ । बाबा ग्रुपका डाइरेक्टर विशाल शाहाका अनुसार परिवारदेखि व्यवसायमा प्रयोग गर्न सकिने मल्टिक्सले नेपालमा जुनसुकै पिच तथा अफ रोडमा शानदार क्वालिटी र भरोशा दिलाउँछ । मूल्यका हिसावले पनि नेपालका हरेक बर्गको पहुँचमा यो साधन पर्ने शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.