भरतपुर काण्डको मुद्दा मिरा खड्का र अनिल कुमार सिन्हाको बेञ्चमा

  २०७४ असार २३ गते १२:१३     विकासन्युज

काठमाडौं । भरतपुरमा मतपत्र च्यातिएपछि पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्धाको सुनुवाई आज हुँदैछ । सर्वाेच्च अदालतका न्यायधिश मिरा खड्का र अनिल कुमार सिन्हाको संयुक्त बेञ्चमा मुद्धाको सुनुवाई भएको हो ।

जेठ १४ गते राती माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध भरतपुर महानगरपालिका वडा नम्बर १९ मा एमालेका तर्फबाट वडा सदस्यमा उम्मेदवार दिएका गुञ्जमान बिकले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । सो मुद्धाको सुनुवाई गर्दै न्यायधिश चोलेन्द्र शमशेर राणाले निर्वाचन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.