अब साझा बस चढेर साँगासम्म जान पाइने

  २०७४ असार २३ गते ११:०५     विकासन्युज

भक्तपुर । गत जेठ १० गतेदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको साझा बस भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगासम्म सञ्चालनमा आएको छ ।

सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको पहलमा काभ्रेको सिमाना साँगासम्मै साझा बस सञ्चालनमा ल्याइएको हो ।

भक्तपुरमा साझाको २० वटा बस सञ्चालनमा रहेको छ । साँगासम्म हाल बिहान र साँझ कार्यालय समयमा सञ्चालनमा रहने र केही दिनमै रुट परमिट पाएपछि नियमित रुपमा नै साँगासम्म बस सञ्चालन हुनेछ ।

साँगासम्म सञ्चालन हुने बस सेवाको बुधबार पूर्वउद्योग मन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले संयुक्तरुपमा शुभारम्भ गरेको हुन। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.