गज्जबको तयारी चाउचाउ नेपाली बजारमा, २० रुपैयाँमा २० प्रतिशत थप चाउचाउ

  २०७४ असार २२ गते १२:४९     विकासन्युज

काठमाडौं । सिद्धि विनायक स्नयाक्स एण्ड नुड्ल्स प्रा. लि. को उत्पादन एसभिएस गज्जबको ब्राण्डकोे तयारी चाउचाउ आइतबारबाट नेपाली बजारमा भित्रिएको छ । उक्त चाउचाउ चिकेन र भेजिटेबल स्वादमा उत्पादन गरिएको छ ।

कम्पनीले सो चाउचाउ २० रुपैयाँमा १०० ग्राम दिएको कम्पनीका अध्यक्ष उज्ज्वल कसजुले बताए । उनका अनुसार कम्पनीले पहिलो चरणमा ४० ग्रामको प्याकेट बुटवल र पश्चिम नेपालका प्रमुख बजारहरुमा बिक्री वितरण गरिसकेको छ । साथै, दोश्रो चरणमा काठमाडौं क्षेत्रका उपभोक्तामाझ बिशेष योजना सहीत लिएर आएको कसजुले बताए ।

नेपालमा उपलब्ध यस तयारी चाउचाउमा २० रुपैयाँमा धेरै परिमाणमा पाईने चाउचाउ एसभिएस गज्जबको मात्र रहेको उद्योगका प्रबन्ध निर्देशक ई. अभिशेक श्रेष्ठले बताए । नँया योजना सहित काठमाडौं छिरेको एसभिएस गज्जबको चाउचाउको बिक्री बितरण देशै भरीबाट हुने उद्योगका ब्राण्ड म्यानेजर रिचा श्रेष्ठले बताईन् ।

‘टेष्ट गज्जबको, हेल्थगज्जबको’ नारा सहीत बजारमा आएको यो चाउचाउ उद्योग नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा रहेको छ ।

उद्योगले निकट भबिश्यमै उत्पादित गज्जबको चाउचाउलाई भारतमा निर्यात गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.