केएल मोबाइल एक्स्पोको समय थप, मोबाइल खरिदमा ६० प्रतिशत सम्म छुट

  २०७४ असार २१ गते १६:२३     विकासन्युज

काठमाडौं । हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा जारी मोबाइल एक्स्पोको समय असार मसान्त सम्मका लागि थप गरिएको छ । स्टक क्लियरेन्स गर्नुपर्ने केहि मोबाइल सेटहरु ६० प्रतिशत छुटमा कारोबार गरिरहेको केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

यसैगरि मोबाइल हबमा मोबाइल खरिद सँगै केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेशकुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथमहुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेकोपनि ग्लाइडरले जानकारी दिए । वान प्लस ५ मोबाइलको प्रि बुकिङमा ७ हजार ८ सय रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर र क्लब डेजाबुको १ बर्षको लागि प्रिभिलेज कार्ड उपलब्ध गराइने निर्देशक संगम राइले जानकारी दिए ।

विश्वबजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार भइरहेको यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो,वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो र ओबिआईका टच एन्ड फिल काउन्टर समेत रहेका छन् ।

मोबाइल हबमा प्रबेश गर्ने सबैलाइ प्रत्यक्ष लक्की ड्र मा समाबेश गराइदै आएकोमा हाल सम्म सयौं जनाले सेल्फी स्टिक, टिशर्ट, रिङ स्ट्याण्ड, मोबाइल लगायतका उपहार पाइसकेका छन् । हरेक मोबाइलको खरिदमा ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाइने भएका कारण पनि मोबाइल एक्स्पोमा खरिदकर्ताहरुको घुइँचो लागेको केएल मोबाइल हबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.