कुलप्याड स्मार्टफोनको ‘ग्रुभ विथ द कुल वान’ योजना नेपाली बजारमा

  २०७४ असार २० गते १७:२२     विकासन्युज

काठमाडौं । कुलप्याड स्मार्टफोन नेपालले हालै ‘कुलवानः ग्रुभ विथ द कुल वान’ नामक योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक कुलप्याड कुल वान मोबाइलको खदिरमा जेबिएल इन इयर हेडफोन निशुल्क प्राप्त गर्न सकिनेछ । यो योजना नेपाल अधिराज्य भरको आधिकारिक कुलप्याड काउण्टरमा मात्र लागु हुनेछ ।

नेपालमा कुलप्याड स्मार्टफोन बाट कुल वान मोबाइल यो बर्षको प्रमुख मोडल हो । यो मोडल नेपालको पहिलो १३ एमपी प्लस १३ एमपी डियूल रियर क्यामेराको साथसाथै डियूल टेम्प्रेचर एलइडी फ्ल्यास हो । डियूल रियर क्यामेरा तस्विरहरु लिने मात्रै नभई ४के अल्ट्रा एचडी भिडियो रेकाडिङ पनि गर्न सकिनेछ ।

कर्निनङ गोरिल्ला ग्लासद्धारा सुरक्षित स्क्रीन, यो पावर कुल फोनले ४०६० एमएएच ब्याट्ट्रिको जगेडा सुरक्षित गर्दछ । साथै यो फोनमा यूएसबी टाइप सी जडित छ । जुन, अत्याधिक द्रुतगतिमा चार्ज हुन र डाटा ट्रान्सफर गर्न सक्षम छ ।
त्यसैगरी, हेडफोन सेगमेन्टमा जेबिएल इन एर हेडफोन उत्कृष्ट मान्निछ । पियोर बास साउन्ड, वान बटन रिमोट विथ माइक्रोफोन, उच्च गुणस्तरको जेबिएल हेडफोन अरु हेडफोनभन्दा फरक रहेको कम्पनीले जनाएको छ ।

नेपालकालागी कुलप्याड स्मार्टफोनको आधिकारिक विक्रेता जईमा इन्टर कन्टिनेन्टलले कुलप्याडका स्मार्टफोन प्रयोगकर्ताहरुलाई एकदमै राम्रो उत्पादनको साथै किफायती मुल्यमा बिक्री गर्दै आएको छ । आफ्ना अमुल्य ग्राहक समक्ष उच्च प्रविधीयुक्त उत्पादन पुर्याउने कम्पनीले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.