के तपाई गेष्ट हाउस वा क्याफे चलाउँदै हुनुहुन्छ ? जुनसुकै बेला भ्याटले समाउन सक्छ

  २०७४ असार १९ गते १६:५६     विकासन्युज

काठमाडौं । अब गेष्ट हाउस र क्याफेहरु पनि भ्याटमा दर्ता हुनुपर्ने भएको छ । यस अघि होटल र रेष्टुरेण्ट मात्रै भ्याटमा दर्ता हुुुँदै आएका थिए । अब बार्षिक ५० लाख भन्दा बढि कारोबार गर्ने गेष्ट हाउस र क्याफे पनि भ्याटमा अनिवार्य रुपमा दर्ता हुनुपर्ने भएको हो । मूल्य अभिवृद्धि कर ऐन २०४२ को अनुसूचि १ मा गेष्ट हाउस र क्याफेलाई पनि भ्याटका दायरामा ल्याउनुपर्ने उल्लेख गरिएको छ ।

५० लाख भन्दा बढिको कारोबार गरेर पनि भ्याटमा दर्ता नभएको फेला परेमा कर कार्यालयले जुकसुकै समयमा भ्याट असुल्न सक्छ । ठुलो कारोबार गरेर पनि भ्याट नतिरेका काठमाडौं, भक्तपुर र ललितपुरका ६ वटा विद्यालयका क्याण्टिन र एउटा प्राधिकरण सञ्चालन गरेको हवाई क्याटरिङ र ह्याण्डलिङमा भ्याट नतिरेपछि अब फन्दामा पर्ने भएका छन् ।

ती ७ वटै संस्थासँग ३ करोड ७७ लाख भ्याट असुल्न महालेखा परिक्षकको कार्यालयले निर्देशन दिईसकेको छ । महालेखाले ५० लाख भन्दा बढि कारोबार गर्ने गेष्ट हाउस र क्याफेलाई कर अधिकृत कर निर्धारण गरेर पुरानो कारोबारमा समेत भ्याट असुल्न भनेको छ । देशभर हजारौं गेष्टहाउस सञ्चालनमा छन् । काठमाडौं उपत्यका भित्र सञ्चालनमा रहेका अधिकांश गेष्ट हाउसहरुले बार्षिक ५० लाख भन्दा धेरैको कारोबार गर्दै आएका छन् ।

त्यस्तै, सैंयौं क्याफेहरुले पनि बार्षिक ५० लाख भन्दा धेरैको कारोबार गरिरहेका छन् । त्यस्ता गेष्ट हाउस र क्याफे तथा क्याण्टिनहरुलाई जुनसुकै समयमा कर अधिकृतले भ्याट निर्धारण गरेर पत्र काट्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.