सिद्धार्थ बैंकको विशेष साधारण सभा सम्पन्न, के के प्रस्ताव पारित ?

  २०७४ असार १८ गते १८:१९     विकासन्युज

काठमाडौं । आइतबार सिद्धार्थ बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भयो । उक्त साधारणसभाले बैंकका शेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद शेयर र त्यसपछि कायम हुने चुक्ता पुँजीको १० प्रतिशत अर्थात् १०ः१ कित्ता हकप्रद शेयर जारी गर्ने संचालक समितिको प्रस्ताव पारित गरेकोे छ । त्यसपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९० एटीएम र ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७३/०७४ को चैत्र मसान्तसम्म बैंक ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो । सोहि अवधीमा बैंकको कुल निक्षेप ७५ अर्ब २७ करोड रुपैयाँ र कर्जा लगानी ६६ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.