कुलेखानी तेस्रोको लागत दोब्बर, नौ वर्षमा पनि नबन्ने भयो आयोजना

  २०७४ असार १७ गते १५:३७     विकासन्युज

काठमाडौं । निर्माण कार्यमा ढिला सुस्ती हुँदा मकवानपुरमा निर्माण भइरहेको कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना लागत बढेर दोब्बर भएको छ । २०६४ चैतमा सुरु भएको १४ मेगावाटको उक्त आयोजना निर्माण लागत हाल बढेर चार अर्ब ६३ करोड पुगेको छ ।

२०६७ मंसिरसम्म कुल दुई अर्ब ४३ करोड रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्ने गरि उक्र आयोजना शुरु गरिएको हो । अहिलेसम्म पटक–पटक म्याद थप्दै दुई अर्ब २० करोड रुपैयाँ थपिएको छ । आयोजना सम्पन्न हुने समयसम्म लागत बढेर ४ अर्ब ८५ करोड पुग्ने अनुमान गरिए पनि ५ अर्ब पुग्ने देखिएको छ ।

ठेक्का सम्झौता भएको सुरू मितिदेखि हालसम्मको अवधिको हिसाव गर्ने हो भने प्रतिमेगा वाट विद्युत् उत्पादन गर्न २ सय ३६ दिन लाग्ने भएको छ भने प्रतिमेगावाट साढे ३६ करोडभन्दा बढी लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । पछिल्लो पटक थपिएको समयअनुसार आगामी पुससम्म विद्युत् उत्पादन हुने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताए ।

आगामी पुसबाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको ३० मेगावाटको दार्जुलामा निर्माधिन चमेलिया जलविद्युत् आयोजनाको लागत हालसम्म कै मह्गो (प्रति मेगावाट ५० करोड)पुग्ने देखिएकोे छ । चमेलिया पछि निर्माण लागत बढी लाग्ने आयोजन कुलेखानी तेस्रोहुने भएको छ । तर, नेपालमा औसत प्रतिमेगावाट १८ देखि २० करोड रुपैयाँको लागतमा प्रतिमेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

ठेकेदारका कारण उक्त आयोजना निर्माण कार्य ढिला भएको हो । ठेकेदारले सरासर काम गरेको भए अहिले आयोजनाबाट उत्पादित विद्युत् लोडसेडिङ हटाउन प्रयोग हुने थियो । २०६८ मंसिरमा सम्पूर्ण निर्माण पूरा गर्ने लक्ष्य आयोजनाको थियो ।

पहिलो सम्झौता अवधिसकिएपछि काम गर्न नपाएको, समयमा भुक्तानी नभएको,परामर्शदाता फेरिँदा आएको समस्यालगायतका कारण सिभिल ठेकेदारले एकतर्फी ठेक्का तोडेको थियो । पछि सिभिलले आफ्नो जिम्माको काम पूरा गरेपनि इलेक्ट्रो मेकानिकल ठेकेदार ‘झेजियाङ जिनलुन इलेक्ट्रो मेकानिकल कम्पनी’ को बेइमानीले आयोजना निर्माणमा ढिलाभएको हो । ठेकेदारकै ढिलाइले आयोजनामा ४० प्रतिशत उपकरण जडान भएको छैन । यस्तै गतिले काम अघि बढ्ने हो भने आगामी पुसमा पनि उक्त आयोजना सकिने देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.