नारायणगढ मुग्लिङ सडक खण्डको काम अहिलेसम्मकै सुस्त, ठेकेदारको लापरबाही

  २०७४ असार १६ गते १६:१८     विकासन्युज

चितवन। ठेकेदारको चरम लापरबाहीका कारण नारायणगढ मुग्लिङ सडक खण्डको काम सुस्त गतिमा अघि बढिरहेको छ र कहिले बन्ने हो त्यो निश्चित छैन । तर, यहीँ बाटो भएर दैनिक दस हजार भन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्ने यस क्षेत्रमा दिनानुदिन स्थानीयको ज्यान जाँदा समेत सम्बन्धित निकाय गैरजिम्मेवार हुँदा मुग्लिङ ( नारायणगढ सडक खण्डको काम अलपत्र बनेको हो ।

सडकखण्डको निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले बजेट नपाउँदा सडक निर्माणको काम अलपत्र भएको बताए । बिकास न्युज सित कुराकानी गर्दै आयोजनाका कन्ट्रयाक्ट म्यानेजर रविन्द्र श्रेष्ठले पहिरो व्यवस्थापनमा भएको खर्च आफूले नपाएको दुखेसो गरेका हुन् । उनले भने, नियमित रूपमा ८ घण्टा काम गर्न नपाउँदा ढिलाई भएको छ । विद्युत पोल, खानेपानीका पाइपलाइन जस्ता संरचना सम्बन्धित निकायले समयमै नसार्दा निर्माण कार्यमा अवरोध भएको दुखेसो समेत श्रेष्ठले सुनाएका थिए ।

उता, आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालले भने, नारायणगढ मुग्लिङ सडकको विभिन्न २९ स्थानमा पहिरो जोखिम क्षेत्र पहिचान गरिएको र विज्ञहरुलाई खटाएर गरेको भौगोलिक अनुसन्धानबाट उक्त सडक खण्डको करिब सात किलोमिटर क्षेत्रफल पहिरोको उच्च जोखिममा रहेको बताउँछन् । पहाड फोर्न कामहरु लगभग पुरा भएको उल्लेख गर्दै खनाल भन्छन् , ठेक्का नम्बर २ र ठेक्का नम्बर ३ मा गरि करिब छ सय मिटर पहाड फोर्न बाँकी रहेको छ । ठेक्का नम्बर ३ मा करिब चार सय मिटर सडक खण्डमा क्यान्टिलिभर पुल निर्माण गर्ने तयारी भएको भएपनि २ नम्बरमा भने पहाड फोरिनेछ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्माणाधीन मुग्लिङ सडकखण्ड सबैभन्दा बढी जोखिमयुक्त क्षेत्रका रुपमा रहेकोमा सबै पक्षलाई संवेदनशील रहन आग्रह गरेका छन् । “ठूला एक्साभेटर तथा रोलर लगाएर पहाडका भित्ता फोरिएका छन्”, उनले भने, “कटिङ छड्के नभई ठाडो छ, जसले गर्दा जोखिम बढेको छ ।“विपद् जोखिमको मूल्यांकन गरी तयारी अवस्थामा बसौं”, उनले भने, “जेठ १५ गतेभित्र स्ट्रक्चरल काम सक्ने भनिएको थियो , सुरक्षाका उपाय अपनाइने भनेर निर्णय गरिएको थियो”, उनले भने, “ती निर्णय कार्यान्वयन भएनन् , वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने अवस्था छ ।” बिका न्युज सित कुराकानी गर्दै प्रजिअ भट्ट भन्छन् -‘ समितिले विपद्मा आवश्यक सामग्रीको व्यवस्थापन गर्न स्थानीय प्रहरी चौकीको समन्वयमा काम गर्न सुझाव दिएको छ ।’

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले वडातहमा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउन अनुरोध गरे । “स्थानीय समिति विगतमा पनि थिए, तर निष्क्रिय रहे”, उनले निर्वाचित जनप्रतिनिधि लाई लक्षित गर्दै भने, “अब सक्रिय पार्ने जिम्मा तपाईंहरुको काँधमा छ, विपद् व्यवस्थापनमा लागिपरौं ।” उनले विपद् व्यवस्थापन गर्न विगतमा बनाइएका संरचनालाई चलायमान गराउन भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् । पहाड फोर्दा पटक पटक पहिरो गएर ठूलो मात्रामा धनजनको क्षति भइरहेको उल्लेख गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी यस बारेमा ठेकेदार कम्पनी सचेत हुनुपर्ने समेत प्रजिअ भट्टले बताए ।

आगामी डिसेम्बर महिनासम्ममा सक्नुपर्ने काम अहिलेसम्म करिब ५२ प्रतिशत मात्रै सकिएको छ । म्याद थपे अनुसार निर्माण कम्पनीले अहिलेसम्म ६८ प्रतिशत काम सक्नुपर्ने हो । तर, बजेट अपुग भएको , भुकम्प गएको र नाकाबन्दी भएको भन्ने जस्ता बहाना बनाई काम प्रभावित बनाएको हो । आयोजनाले पटक पटक गरि दुई पटकसम्म उक्त सडक निर्माण सम्पन्न गर्ने म्याद थप गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.