होण्डाको नयाँ डिआईओ स्कुटर नेपाली बजारमा, विभिन्न पाँच रङ्गहरुमा पाइने

  २०७४ असार १६ गते १६:०७     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले नेपालमा सर्वाधिक बिक्री हुने डिआइओ स्कुटरको नयाँ मोडेल नेपाली बजारमा भित्राएको छ ।

२०१७को डिआईओमा नयाँ एलइडी हेड ल्याम्प, इक्विलाइजर टेक्नोलोजीका साथ कोम्बी ब्रेक सिष्टम, बढी माइलेजको लागि एचइटी(होण्डा इको टेक्नोलोजि)इन्जिन, नयाँ इन्स्ट्रुमेन्ट प्यानल र डुअल टोन कलरका साथै स्पोर्टिङ्ग ग्राफिक्स् रहेको छ । आजको यूवा पिढीहरुको आवश्यकतालाई ध्यानमा राख्दै डिआईओ २०१७मा मोबाइल चार्जिङ सकेट, बिएस–आईभी इमिसन र एएचओ(अटोमेटिक हेडल्याम्प अन) जस्ता विशेषतामा अझ उत्कृष्ट रुपमा प्रस्तुत भएको कम्पनीले जनाएको छ ।

यस डिआइओ ५ उत्कृष्ट रङ्गहरु जस्तै, भाइब्रेन्ट ओरेञ्ज, पिरल स्र्पोटस् एल्लो, स्र्पोटस् रेड, क्यान्डि ज्याजी बिल्यु र म्याटि एक्सिस् ग्रे मेटालिकमा उपलब्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.