मेलम्चीको पाइपमा वाग्मतीको पानी, सुन्दरीजलमा पनि यही पानी प्रयोग

  २०७४ असार १५ गते ७:१८     विकासन्युज

काठमाडौं । राजधानीमा विछ्याइएका मेलम्ची खानेपानी आयोजनाका पाइपहरुको चेकजाँचका लागि वाग्मतीको पानी प्रयोग गरिने भएको छ ।

पाइप लाइनमा चुहावट छ कि छैन भनेर परीक्षणका लागि बर्षातको समयमा वाग्मतीमा बढ्ने पानीलाई प्रशोधन गरी प्रयोग गर्ने तयारी गरिएकोहो ।

मेलम्चीको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणमा पनि यही पानी प्रयोग गरिने छ । आयोजनका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले वाग्मतिबाट पानी ल्याई प्रशोधन गरेर प्रयोग गरिने बताए ।

त्यसको लागि नदीबाट ६० एमएमका २ वटा पाइपमा पानी ल्याई प्रशोधन केन्द्रमा पानी संकलन गरिनेछ । संकलनपछि प्रशोधन गरेर उक्त पानी विछ्याईका पाइपद्वारा विभिन्न स्थानमा रहेको पानी पोखरीमा पुर्याइने छ ।

पोखरीबाट विछ्याईका पाइपमा पानी पठाई वितरण गरिने उनले बताए । उक्त प्रक्रिया असारदेखि सुरु भएर कात्तिक मिहनासम्म जारी रहनेछ । कान्तिपुरमा दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.