मधेसवादी दलको प्रभाव क्षेत्रमै ८४ प्रतिशत भोट खस्यो, मतगणना धमाधम सुरु, सात दिनमै परिणाम

  २०७४ असार १५ गते ६:४६     विकासन्युज

काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचनमा सुनसरीमा ७० प्रतिशत हाराहारीमा मत खसेको छ ।

जिल्लामा मधेसवादी दलको प्रभाव क्षेत्र दुहवी र इनरुवा नगरपालिकासँगै गढी, देवानगन्ज, हरिनगरा, बर्जु, केसी र भोक्राहा गाउँपालकिामा ८४ मत खसेको छ ।

बिहान ७ बजे अघिनै विराटनगरका मतदान स्थलमा मतदाताको लाम लागेको थियो । मतदाताको भीडका कारण मोरङ र सुनसरीका एक दर्जन मतदान केन्द्रमा मतदानको समय बढाइएको थियो ।

विराटनगरको पुसेट, कन्चनबारी, शिक्षा सदन, कोचाखाल, सरोचिया मतदान स्थलमा राति ८ बजेसम्म मतदान भयो । मोरङमा ७० प्रतिशत मतदान भएको छ । नागरिक दैनिकबाट ।

सातै  दिनमा मतपरिणामा अाउने
तीन प्रदेशका ३३४ तहका १५ हजार ३८ प्रतिनिधि छान्न बुधबार भएको निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको छ । स्थानीय तहको दोस्रो चरणअन्तर्गत प्रदेश नं। १, ५ र ७ मा बुधबार भएको निर्वाचनमा आधा दर्जन छिटपुट घटनाबाहेक सामान्य रूपमा सम्पन्न भएको छ ।

केही क्षेत्रमा राति ८ बजेसम्म मतदान जारी रहेकाले निर्वाचनमा सहभागिताको कुलसंख्या र प्रतिशत अझ बढ्ने अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगका निमित्त सचिव महेश्वर न्यौपानेले केही जिल्लाका मतदान केन्द्रमा साँझ आठ बजेसम्म मतदान कार्य भएकाले खसेको मत प्रतिशत ७४ पुग्ने आकलन गर्नुभयो । तीन प्रदेशका ६४ लाख ३२ हजार ७६५ मतदाता १५ हजार ३८ प्रतिनिधि छान्नयोग्य मातदाता थिए ।

३५ जिल्लाका १ महानगरपालिका ७ वटा उपमहानगरपालिका १११ नगरपालिका २१५ गाउँपालिका गरी ३३४ स्थानका प्रतिनिधि छनोट गर्न निर्वाचन भएको हो । निर्वाचन बहिष्कारका लागि आह्वान गरेको राजपा नेतृत्वले भने नैतिक र राजनीतिक पराजय भोगेको छ । विभिन्न ठाउँमा पार्टीकै महत्वपूर्ण व्यक्तिहरूले स्वतन्त्रु हैसियतमा चुनाव लडे भने राजपाप्रति सहानुभूति राख्ने मतदाताले उत्साहपूर्वक मतदानमा भाग लिए । आयोगले मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।

यो मत वैशाख ३१ मा सम्पन्न पहिलो चरणको निर्वाचनभन्दा केही बढी हो । वर्षाका कारण केही केन्द्रमा ढिलो गरी मतदान, केही स्थानमा बम राखेर निर्वाचन बिथोल्न प्रयास गरिए पनि सुरक्षा प्रबन्ध राम्रो गरिएकाले शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले बताउनुभयो ।

वर्षात्को समय भए पनि व्यवस्थापन राम्रो भएकाले मतदान कार्य सहज भएको आयोगले बताएको छ । बुधबारको मतदानमा सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ । अन्नपूर्ण पाेस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.