‘सुजुकी मनसुन म्याजिक’ अफर शुरू, बाइक खरिदमा बीमा सुविधाका साथै नगद छुट

  २०७४ असार १४ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपालको लागि सुजुकी टु ह्वीलर्सको अधिकृत वितरकले सिमित अवधिका लागि “सुजुकी मनसुन म्याजिक” अफर संचालन गरेको जानकारी गराएको छ । यस अफर अन्तर्गत देशभर रहेका सुजुकी टु ह्वीलरका शोरुमहरुबाट कुनै पनि मोडलको सुजुकी टु ह्वीलर्स खरीद गर्नु हुने ग्राहकले धेरै भन्दा धेरै फाइदाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रत्येक खरीदमा ग्राहकले उनीहरुले खरीद गरेको बाइकको सम्पूर्ण बीमा सुविधा एकसाथ प्राप्त गर्नेछन् । यसका साथै ५ वर्षको वारेन्टी एवं २ वर्षको सडक कर भुक्तानी सुविधा पनि ग्राहकहरुलाई प्रदान गरिनेछ । यसका अतिरिक्त हरेक टु ह्वीलरको खरीदमा ग्यारेन्टी सहितको नगद छुटको व्यवस्था पनि गरिएको छ ।

नेपालका लागि भि.जि. अटोमोबाइल्स सुजुकी टु ह्वीलर्सको अधिकृत वितरक हो । देशभर ७० भन्दा बढी शो रुमहरुको बृहत सञ्जाल मार्फत् सेवा प्रदान गर्दै आएको सुजुकी टु ह्वीलर नेपालमा द्रुतगतीमा बिक्री भैरहेको प्रमुख टू ह्वीलर्स ब्राण्ड हो । सुजुकीका जिक्सर, जिक्सर एस.एफ, ह्याते, एक्सेस १२५ र लेट्ज बाइकहरु नेपालको बजारमा उपलब्ध लोकप्रिय सुजकी मोडलहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.