गैर बैंकिङ च्यानलबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउन जोड

  २०७४ असार १२ गते २०:०६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष तथा नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भारत नेपाल रेमिट्यान्सका अवसरहरु विषयक कार्यक्रमलाई आइतबार भारतको नयाँ दिल्लीमा सम्बोधन गरेका छन् । भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ढकालले गैर बैंकिङ च्यानलबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउने कार्यमा सरोकारवाला सबै लाग्नुपर्नेे बताए ।

कार्यक्रममा बोल्दै ढकालले रेमिट्यान्स कम्पनीहरुको सक्रिय प्रयासपछि डेड दशक अगाडिको तुलनामा अहिले निकै सुधार आएको बताए । तर जनचेतनाको अभावले गर्दा भारतमा रहेका नेपालीहरुले अझै पनि अनौपचारिक माध्यममार्फत भारतबाट नेपालमा पैसा पठाउने गरेको बताए । भारतका बिभिन्न बैंक तथा रेमिट्यान्स कम्पनीहरुसँग मिलेर ग्लोबल आइएमई बैंकले रेमिट्यान्स नेपाल पठाईरहेको जानकारी गराउँदै बैकिंङ् च्यानलमार्फत भारतबाट नेपालमा पैसा पठाउन औपचारिक माध्यमको प्रयोगलाई सम्बद्ध सबैले प्रबद्र्धन गर्नुपर्ने आवस्यकतालाई औँल्याएका छन् ।

उक्त कार्यक्रमलाई भारतकालागि नेपालका राजदूतदीपकुमार उपाध्याय, नेपालका लागि भारतका पूर्वराजदूतहरु रञ्जित रे तथा के. भी. राजनले सम्बोधन गर्दै भारत नेपाल रेमिट्यान्समा बैकिंङ च्यानलको महत्व माथि प्रकाश पारेका छन् । उक्त कार्यक्रममा भारतका विभिन्न बैंकका प्रतिनिधि तथा भारतमा कार्यरत नेपालीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.