कृषि फार्मबाट मासिक डेढ लाख आम्दानी

  २०७४ असार १२ गते १५:२७     विकासन्युज

पोखरा । कास्कीको पोखरा-लेखनाथ महानगरपालिका वडा नं ११ काहुँडाँडामा सञ्चालित काहुँ देउराली एकीकृत कृषि फार्मले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आएको छ ।

काहुँ देउराली बहुउद्देश्यीय सहकारी संस्थाद्वारा दुई वर्षदेखि सञ्चालन भएको सो फार्ममा हाल ११३ वटा सानाठूला भैँसी रहेको संस्थाका प्रबन्धक दीपक प्रकाश आचार्यले बताए । पाँचसय साठी सेयर सदस्य रहेको सो संस्थाको पुँजी तीन करोड रुपैयाँ र बचत ११ करोड रुपैयाँ पुगेको छ ।

सो फार्ममा पालिएका भैँसीबाट ३१५ लिटर र संस्थाभन्दा बाहिरका कृषकबाट दैनिक ७०० देखि एक हजार लिटर दूध सङ्कलन गरेर पोखराको नगर क्षेत्रमा दूध बिक्री वितरण हुँदै आएको छ ।

कृषि फार्म सञ्चालनका लागि बृहत् भैँसी स्रोत केन्द्रबाट रु ४३ लाख ७५ हजार अनुदान प्राप्त भएकामा सो संस्थाले एक करोड ६० लाख रुपैयाँ लगानी गरेको केन्द्रका प्रबन्धक आचार्यले जानकारी दिए ।

मेहनत र परिश्रम गरे स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने एक उदाहरणीय सन्देश दिन कृषि फार्म खोलेको प्रबन्धक आचार्यको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.