अन्तराष्ट्रिय योग दिवस सम्पन्न, टाटा मोटर्स तथा भारतीय राजदुतावासको संयुक्त सहयोग

  २०७४ असार १२ गते १४:२९     विकासन्युज

काठमाडौं । नेपाल-टाटा मोटर्स एवं नेपालका लागि अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ्गप्रा.लि.ले अन्तराष्ट्रिय योग दिवसका दिन इन्डिया हाउस, लाजिम्पाटमा एक समारोहको आयोजना गरेको थियो ।

हजारौ वर्ष अघि भारत वर्षमा शुत्रपात भएको योग विधा एक प्रकारको भौतिक, मानसिक एवं आध्यात्मिक अभ्यास वा विधि हो । यसको अभ्यासकर्ता लाई योग द्वारा पुग्न जाने योगदानलाई कदर गर्दै सयुंक्त राष्ट्र सघं द्वारा ३ वर्ष अघि जुन १० का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा गरे अनुसार नेपाल पनि यस दिवश मनाउन सहभागि भएको छ ।

उक्त समारोहलाई सम्बोधन गर्दै टाटा मोटर्सका अन्तर्राष्ट्रिय ब्यापार, कमर्सियल भेहिकल विभागका प्रमुख रुद्ररुप मैत्रले सिप्रदी ट्र्डिङ्ग प्रा.लि. एवं भारतीय राजदुतावासका साथ संयुक्त रुपमा यस वर्ष अन्तर्राष्ट्रिय योग दिवश समारोह मनाउन पाउदाँ गौरव लागेको व्यहोरा बताए ।

उक्त अवसरमा बोल्दै नेपालका लागि भारतीय राजदुत मनजीत सिहं पुरीले “योग सुस्वास्थ एवं सम्वृद्धिका लागि अति महत्वपूर्ण भएको” विषयमा जोड दिएका छन् । यो विषय केवल एक व्यायाम मात्र नभई, आफ्नो व्यक्तिगत पहिचान साथै त्यसलाई आत्मसात गर्न एक महत्वपूर्ण विधि भएको व्यहोरा बताए ।

सोही अवसरमा बोल्दै, सिप्रदी ट्रेडीङ्ग कम्पनीका सि.इ.ओ. राजन वावु श्रेष्ठले “पहिलो पटक यस वर्ष टाटा मोटर्स तथा सिप्रदीले भारतीय राजदुतावासद्वारा आयोजित अन्तर्राष्ट्रिय योग दिवशमा भाग लिएको” बताए । श्रेष्ठले पूर्ण सचेतना सहीत, आफु तथा प्रकृति प्रति पूर्ण उत्तर दायित्वका साथ पूर्ण रुपमा जीवन व्यतित गर्न सवैलाई आफ्नो व्यक्तिगत जीवनमा योग लाई अपनाउन तथा यसको अभ्यास गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.