२०७४ असार ११ गते १८:१६ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डले डिम्याट खाता २ वटा मात्रै खोल्न तथा सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । आगामी भदौ मसान्तभित्र लगानी कर्तालाई आफ्नो डिम्याट खाता २ वटा मात्रै कायम गराउन निर्देशन दिएको हो । बार्डले डिम्याट खातामा रहेको सेयर ट्रान्सफर गर्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था पनि गरेको छ ।
आश्वा प्रणालीलाई प्रभाविकारी बनाउन, लगानीकर्ता एवं बजारको दीर्घकालीन हितलाई समेत दृष्टिगत गरी हाललाई लगानी व्यवस्थापनमा सहभागी भएका लगानीकर्ताको हकमा लगानी व्यवस्थापनमा सहभागी हुनका लागि लगानी व्यवस्थापन अनुसार डिम्याट खाता खोल्न सक्ने र अन्यको हकमा बढीमा दुई डिम्याट खाता खोल्न सक्ने व्यवस्था गरिएकोे छ ।’, बोर्डले भनेको छ ।
साथै हाल दुई भन्दा बढी डिम्याट खाता भएका लगानी कर्ताहरुलाई भदौं मसान्त अघि नै बढीमा दुई डिम्याट खाता कायम गर्न पनि बोर्डले भनेको छ ।
बोर्डले डिम्याट खाता व्यवस्थित गर्दै लगानी कर्ताको वास्तविक संख्या पत्ता लगाउन यस्तो अघि सारेको जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.